वाइडबडी खरिद प्रकरण : गृहसचिव राईलाई उन्मुक्ति



 काठमाडाैं : नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले गृहसचिव प्रेम राईको संलग्नता नदेखिएको भनी प्रतिवदेन सच्याइएको छ। 

 

समितिको सोमबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै दोषी ठहर्याएको तत्कालीन पर्यटन सचिव राईको सम्बन्धमा नेपाल वायूसेवा निगमले अघिल्लो प्रतिवेदन सच्चाउदै  उन्मुक्ति दिएको हो । 

 

लेखा समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कानुनसम्मत कारबाही गर्न उल्लेख गरिएको छ। उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको 'बदनियत' शब्द हटाएर कानुनसम्मत मात्र उल्लेख गरी लेखा समितिले प्रतिवेदन पारित गरेको छ।

 

यसैगरी बैठकले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जहाज खरिद प्रकरणमा मुख्य दोषी भएकाले निलम्बन गरी कारबाहीको लागि सिफारिस गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्