कोरिया र मलेसियामा रहेका युवाको सहयोगमा ‘न्यानो बाँडौं अभियान’



कैलाली : कोरिया र मलेसियामा रहेका बेलडाडीका युवाहरूको समूह ‘सुदूर पश्चिम समाज’को आर्थिक सहयोग तथा आयोजनामा स्वस्फुर्त युवा समूहले न्यानो अभियान सुरु गरेको छ । 

चिसो बढेसँगै तराईका जिल्लामा सितलहरका कारण अकालमा ज्यान गुमाउनु परेको विगतलाई मध्यनजर गर्दै गरिब तथा असहाय परिवारलाई कम्बल वितरण कार्यक्रम सुरु गरिएको हो ।  

अभियानमा धर्मराज जोशी, सन्तोष सुवर्णकार, छत्र पनेरु, नविनराज जोशी, दिनेश विक्रम सिंह, ओम साउद, लाल साउद, पदमराज भट्टलगायत युवा सहभागी छन् । 

चिसोका कारण समस्यामा परेकाको पीडा केही भए पनि कम गर्ने उद्देश्यले  अभियान सुरु गरिएको सहभागी युवाले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्