लागुऔषधसहित तीन जना पक्राउ



जनकपुर : जनकपुरबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाइल धनुषाबाट खटेको प्रहरी टोलीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बाट प्रतिबन्धित लागुऔषध नुर्फिन ६३ एम्पुल, डाइजेपाम ६५ एम्पुल, फेनारगन ६५ एम्पुल र नाइट्राभेट ट्याब्लेट ५० पत्तासहित दोलखाको सैलुङ गाउँपालिका–२ बस्ने टासी भन्ने २१ वर्षीय पासाङ तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, बस्ने २१ वर्षीय समिर श्रेष्ठ र लिसङ्खु गाउँपालिका घर भएका ३० वर्षीय सोनाम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्