कान्छी च्याप्दै हिड्ने कमरेडहरुको कथा



काठमाडौं : कम्युनिष्टहरुले सांस्कृतिक विचलनलाई एउटा अपराधको रुपमा लिएका हुन्छन् । सांस्कृतिक क्रान्तिबिना राजनीतिक र आर्थिक क्रान्ति पूरा नहुने निष्कर्ष निकालेको माओवादीले जनयुद्धकालमा कोही कसैले यौनसम्बन्ध राख्यो कि भौतिक सफाया समेको नीति अख्तियार गरेको थियो । तर पछिल्लो समय त्यसमा ह्रास आएको छ । अहिलेको अवस्था हेर्ने हो भने जनयुद्धकालको ति र त्यस्ता घटनालाई माथ खुवाउने खालको घटना बाहिर आउने क्रम जारी रहेको छ । अझ कति आउने हुन त्यो चाहिहेर्न नै बाँकी छ ।

कान्तिकारी विचारधार बोकेको जमात यौन मामिलामा जोडिएर खुम्चिुनुपरेको अवस्था एकातिर छ भने कोही जीन्दगीभर दागी भएर बस्नुपरेको अवस्था छ । अहिले पूर्व सभामुख कृष्णबहादुर महरलाई यस्तै अवस्थामा पुर्याएको छ यौन काण्डले । उनीमाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुराचारको आरोप लागेपछि डिल्लीबजवार कारागारमा र्पुपक्षका लागि थुनामा रहेका छन् ।

अहिले फेरी यस्तै खाले यौन मामिलाकै द्धटनाहरु बाहिर आएका छन् । नेकपा एमाले र नेकपा माओवादी केद्य्रको एमतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्इक्ष प्रचण्डको स्वकीय सचिव रहेका जोखबहादुर महराको परिवारमा घटेको घटनाको । उनी आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति ।

तर उनलाई उनकै छोराहरुका कारण यस्तो घृणित मुद्धामा मुछ्ने काम गरेको छ । उनका दुई छोरा रहेका छन् रत्न र तुकमान । जेठा छोरा रत्नले बेनी आक्रमणमा परी खुट्टा गुमाएका सीता शाहसँग विवाहसँग बिहे गरेका थिए । तर रत्नको मन अन्तै माडिएको छ अहिले । उनी अहिले अर्कै महिलासँग रहसिएर हिडेका छन् भने सितालाई वास्ता गर्न छाडेका छन् । यस्तै गरेर तुकमानले पनि पत्रकार मनिषा श्रष्ेठसँग बिहे गरेका थिए । उनको मन पनि श्रेष्ठसँग बस्न सकेन र एक तामाङ थरकी महिलासँग मायाप्रेममा परी घरबार लथालिङ्ग बनाएका छन् ।

जनयुद्धकाल ताका पाँचांै डिभिजन कमाण्डर सुनील थापा ०६२ मंसिरमा रोल्पा जिनावाङको हवाई आक्रमणमा मारिए । हाल उनको नाममा रहेको सुनील स्मृति गाउँपालिकका उपाध्यक्षमा उनकी श्रीमती छिन् । सुनिलको छोरा विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग लहसिएर घरजम गरेका छन् । उनले घरकीलाई भन्दा अर्कीलाई हेर्न थालको भन्दै रोल्पामाचर्चा परिचर्चा चल्ने गरेको छ ।

अहिले देशको मुख्य पद उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला हो रोल्पा । तर यौन मामिलाकै कारण बद्नाम हुन थालेपछि र द्वन्द्वकालमा साँस्कृतिक बिचलन गर्ने भन्दै श्रमशिविरमा पठाउने, मोसो दल्ने, चारपाटा मुड्ने गरेको थियो ।

सुनील स्मृति गाउँपालिकाका अध्यक्ष फणिन्द्र घर्तिको पनि दुईवटा श्रीमति रहेको छ ।

बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएपनि पछि फुकवा भएपछि गाउँपालिका अध्यक्ष जितेका थिए । त्यसै गाउँपालिकाको पार्टी कमिटी अध्यक्ष रहेका मणिराम बुढाथोकी का चार वटी श्रीमति रहेको छ । उनले काठमाडौ आउँदा महरा प्रकरणलाई लिदै हामीले गल्ती ग¥यौँ भनेको त ठीकै पो गरेका रहेछौ भन्दै हाँस्ने गरेका छन् ।

त्यस्तै यौन रोग नभई यौन ममिलाको रोगले प्रदेश ५ का आन्तरिक मन्त्री कूलबहादुर केसी (सोनाम)का पिएसम्मलाई छोडेन । उनका पिए पवन कुँवर छोरा र पत्नी दाङमा हुँदाहुँदै अर्की महिलासँग लहसिएको खबर छ । उनले दाङमा बस्ने छोरा र पत्नी उनीहरू बुटवल आउदा समेत भेट नगर्ने बताईन्छ ।

उता विप्लव माओवादीका हाल नख्खु कारागारमा कैद मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) ले जेठी पत्नीसँग सम्बन्ध बिच्छेद नै नगरी कान्छी ल्याएका थिए । माओवादी स्कुलिङका पूर्वमन्त्री रवीन्द्र श्रेष्ठ अखिलकी कोरली केटी केन्द्रीय सदस्य सुपेक्षा सिलवाललाई च्यापेर हिँडेपछि अहिले गुमनाम अवस्थामा रहेका छन् ।

यसबाहेक हेर्नुहोस् अरु नेताको यौन काण्ड

पूर्व एमाले र पूर्व माओवादी केन्द्र जोडिएर बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विगतका राम्रा र नराम्रा दुवै विरासत बोकेर एकसँगै ल्याएको छ । दुवै पार्टी युद्धको पृष्ठभूमिबाट आएका छन् । युद्ध र संसदीय कालमा यो पार्टीका नेता तथा कार्यकर्ताहरु सांस्कृतिक रुपमा विचलनका सिकार हुन पुगे ।

विभिन्न समय र परिस्थितिमा घट्न गएका यौन विचलनका यस्ता मुख्यमुख्य घटनाहरु सिसिलेवार रुपमा यो रिपोर्टमा उनिन आएका छन् ।

पूर्व माओवादी केन्द्रको विगत कोट्याउँदै जाँदा घटनाहरु यसरी घटेका देखिन्छन् । १५ पुस ०५९ पछि र १० भदौ ०६० बीचको समयमा तात्कालीन विद्रोही माओवादी र सरकार वार्तामा थिए । माओवादी भित्र बलियो सैन्य मोर्चा निर्माणको अभ्यास भइरहेको थियो । पश्चिमाञ्चल सैन्य कमान्डर थिए, हालका उपराष्ट्रपति नन्दबहादुर पुन उर्फ पासाङ ।

अहिले खानेपानीमन्त्री रहेकी विना मगर र प्रचण्डपुत्र प्रकाशबीचको प्रकरणले पनि त्यतिबेला निकै हंगामा मच्चाएको थियो । हालको महरा प्रकरण संसदीय कालको चर्चित काण्ड नै हुन पुगेको छ । तत्कालिन नेकपा एमालेका नेताहरु पनि यौनकाण्डबाट अछुत छैनन् । कारबाहीको विषय बनाएर छलफल नभएपनि कतिपय नेताहरुको विषयमा प्रश्न उठेको बताइन्छ । नेपालटपलाई प्राप्त जानकारी अनुसार तत्कालिन एमाले नेता तथा सामान्य प्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ यस्तै प्रकरणमा पार्टीले कारबाही गरेपछि गुमनाम छन् ।

त्यहाँ रहेको ब्रिगेडअन्तर्गत एक बटालियन कमान्डर थिए, प्रभात । उनलाई एक छापामार युवतीसँग यौन सम्बन्ध राखेको आरोप लाग्यो । पासाङ खरा कमान्डरका रूपमा चिनिन्थे । आफू मातहतको बटालियन कमान्डरले ‘अवैध यौन सम्बन्ध’ गाँसेको सुइँको पाएपछि पासाङले उनलाई भौतिक कारबाहीको चेतावनी दिए ।

त्यो चेतावनीपछि कारबाहीबाट बच्न प्रभात भागेर दाङको घोराही पुगे । उनले त्यहाँ पनि सुख पाएनन् । प्रभातको सफाया गर्न माओवादीले स्पेसल टास्क फोर्स (एस्टीएफ्) खटायो । त्यो टास्क फोर्सले घोराहीमै आएर प्रभातमाथि गोली दाग्यो । संयोगले उनी बाँचे । भदौ २०६० मा युद्धविराम भएपछि यिनै प्रभातलाई तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लियो र पत्रिका तथा टेलिभिजनमार्फत माओवादीविरुद्ध बोल्न लगायो ।

त्यस लगत्तै २०६० सालमा युद्धविराम भंग भइसकेपछि मुलुक संकटकालको भुंग्रोमा थियो । त्यसबेला देशभर माओवादीका सात ब्रिगेड थिए । तिनलाई क्रमशः प्रथम, दोस्रो ब्रिगेड भनेर नामकरण गरिएको थियो । पूर्वी नेपालमा सातौँ ब्रिगेड कार्यरत थियो । त्यो ब्रिगेड मातहतका एक छापामारले अर्को छापामार युवतीसँग यौन सम्बन्ध राख्दै गरेको भेटियो, राती सेन्ट्री परिवर्तन हुँदा । त्यसपछि ती युवालाई सोधपुछ गर्ने बहानामा नियन्त्रणमा लिएर भौतिक कारबाही गरियो ।

यी दुई प्रतिनिधि उदाहरण हुन् । यिनले माओवादीभित्र हुने यौन विचलनबापत कस्तो नियति भोग्नुपथ्र्यो त्यो खुल्न आउँछ । तत्कालीन एक ब्रिगेड कमिसारका भनाइमा यौन सम्बन्धबापत ५–७ जनाभन्दा बढी फाँसीमा लट्काइएका थिए । भलै, यसमाथि अध्ययन हुन बाँकी रहेको उनी यसरी स्वीकार गर्छन्– कार्यकर्ताले यौन सम्बन्ध राखे भनेर हिजो नेताहरू आफैँले भौतिक सफायासम्म गरे, तर तिनै नेताहरू एकपछि अर्को गरी त्यस्ता घटनाबाट बच्न सकेनन्, यदि सांस्कृतिक चेतनास्तर यस्तै रहने हो भने यस्ता घटना अझै बढ्दै जाने सम्भावना छ ।”

सार्वजनिक बसभित्र युवतीलाई दुव्यवहार गरेको आरोपमा पूर्वमाओवादीका पूर्वसभासद् योगेन्द्र घिसिङ २३ भदौ ०७६ मा पक्राउ परे । यात्रुको उजुरीपछि ललितपुरको एकान्तकुनाबाट प्रहरीले पूर्वसभासद् घिसिङलाई पक्राउ गर्यो ।

२०५७ सालमा अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णध्वज खड्कालाई पनि तत्कालिन महिला विद्यार्थी नेतृले आफूलाई यौनदुव्र्यवहार गरेको आरेप लगाएपछि खड्का ६ महिना पार्टीबाट निष्कासित हुन पुगेका थिए ।

अर्को घटनामा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भ्रातृ संगठन जनसांस्कृतिक महासंघ अध्यक्ष गणेश भण्डारी र संघमै आबद्ध संगीतकार÷गीतकार चेतन सापकोटा साउन अन्तिम ०७३ को एक साँझ मित्रसँग ललितपुर झम्सिखेलको एक रेस्टुराँमा जमेका थिए । मदिराले मदहोश भण्डारी र सापकोटाद्वयलाई प्रायोजकले आफ्नै निवास पुर्याए । अन्ततः उनीहरूले सत्कार गरेर घरमा पुर्याउने मित्रकै छोरीमाथि वक्रदृष्टि राख्न पुगे । पारिवारिक प्रतिरोधपछि उनीहरू त्यहाँबाट भागे ।

तर घटना त्यत्तिकै सेलाएन । उनीहरूको हर्कतको उजुरी पार्टी नेतृत्वसम्म पुग्यो । यसपछि नेकपा (माओवादी केन्द्र) का तत्कालीन सांस्कृतिक विभाग इन्चार्ज तथा जनसांस्कृतिक महासंघका फ्य्राक्सन इन्चार्ज विश्वभक्त दुलाल ‘आहुति’ को नेतृत्वमा छानबिन समिति बन्यो । अध्यक्ष भण्डारीले महासंघको बैठक डाके । उनले बैठकमा लामै आत्मालोचना गरे । “संहाल्न कठिन हुने गरी मादक पदार्थचाहिँ पिएको हो, त्यसबाहेक मबाट अन्य कमजोरी भएको छैन । साथी (चेतन सापकोटा) गलत नियतले प्रस्तुत भएछन् । त्यसको दोष मलाई पनि आइलागेको हो”, तत्कालीन उपाध्यक्ष विष्णु भण्डारीका अनुसार आहुतिसमेत उपस्थित बैठकमा अध्यक्ष भण्डारीले भनेका थिए, ‘जनसांस्कृतिक महासंघ अध्यक्षको हैसियतले अलि बढी नै मादक पदार्थ पिउनु, त्यहाँ जानु मबाट कमजोरी भएकै हो । त्यसैले म महासंघ अध्यक्षबाट राजीनामा गर्छु ।’

राजीनामा दिए पनि त्यो लपेटाइले उनलाई खेद्न छाडेन । त्यही काण्डकै कारण उनी फेरि महासंघ अध्यक्ष हुन सकेनन् । उनको स्थान सरल सहयात्रीले लिए । त्यो घटनाअघि उनी तत्कालीन ७ नम्बर प्रदेशको मुख्यमन्त्री वा संघीय सांसदका दाबेदार थिए । सोही घटनामा मुछिएको बहानामै सही, प्रदेशसभादेखि संघीय संसद्सम्म उनले टिकट पाउन सकेनन् ।

जनयुद्ध सुरु भएको १० महिना नबित्दै तत्कालीन पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’ र त्यही कमाण्डको सचिवालयमा कार्यरत पम्फा भुसाल ‘हिमाली’ बीचको यौन सम्बन्ध सार्वजनिक भयो । ०५३ पुसमा भारतको लखनऊमा भएको पोलिटब्युरो बैठकमा बादल–हिमाली प्रकरण उत्कर्ष्तिर पुगिरहेको संकेत मिलेको थियो ।

२०६४ को निर्वाचनमा पर्वत क्षेत्र नं २ बाट माओवादी नेता गुणाखर बस्यालले निर्वाचन जितेका थिए । यिनले पनि सांस्कृतिक रूपमा आफूलाई सचेत राखिरहन सकेनन् । उनी संविधानसभाको सभासद् पदमै बहाल थिए । काठमाडौँ नयाँ बसपार्क्स्थित एक होटल सञ्चालिकासँगै पक्राउ परे । त्यसपछि उनी गुमनाम छन् ।

शान्ति प्रक्रियामा आएयता मात्र पनि यस्ता घटनाको फेहरिस्त लामो छ । माओवादीहरू आफूलाई ‘सांस्कृतिक र क्रान्तिकारी चेतले लैस भएको’ दाबी गर्छन् । उनीहरूको दस्तावेज नियाल्ने हो भने सांस्कृतिक क्रान्तिबिना राजनीतिक र आर्थिक क्रान्ति पूरा नहुने निष्कर्ष छ । तर यौनदेखि आर्थिक मामिलासम्मका एउटै प्रकृतिका घटनामा गोलचक्कर मारिरहेका छन् । पटक–पटक चुकिरहेका छन् । बारम्बार यस्तो विचलन किन देखा पर्छ त ?

जनयुद्ध सुरु भएको १० महिना नबित्दै तत्कालीन पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’ र त्यही कमाण्डको सचिवालयमा कार्यरत पम्फा भुसाल ‘हिमाली’ बीचको यौन सम्बन्ध सार्वजनिक भयो । ०५३ पुसमा भारतको लखनऊमा भएको पोलिटब्युरो बैठकमा बादल–हिमाली प्रकरण उत्कर्ष्तिर पुगिरहेको संकेत मिलेको थियो ।

जानकारहरूका अनुसार बादल–हिमाली सम्बन्ध छिप्पिन नपाउँदै ०५३ असारतिरै प्रचण्डलाई जानकारी दिइएको थियो । तर, उनले यस घटनालाई गम्भीर रूपमा लिएनन् ।

पूर्वमाओवादीका एक नेताका अनुसार जनयुद्ध सुरु नहुँदै ०५२ असोजमा गोरखाको धुवाँकोटमा बसेको केन्द्रीय कमिटी बैठकमा तत्कालीन महामन्त्री प्रचण्डलाई पार्टी्भित्र र बाहिर स्थापित गर्नेबारे ठूलो बहस भएको थियो । त्यो बैठकमा मोहन वैद्य ‘किरण’ ले तत्काल प्रचण्डलाई पार्टी भित्र र बाहिर स्थापित गराउनुपर्ने अडान लिएका थिए ।

त्यसविपरीत बादल, सीपी गजुरेललगायतले वैद्य अडानको प्रतिवाद गरेका थिए । त्यही घटनाबाट प्रचण्ड बाल्यकालदेखिका साथी बादलसँग असन्तुष्ट बनेका थिए । त्यसैको बदलामा बादल–हिमाली प्रकरणलाई सुरुमै हस्तक्षेप नगरिएको माओवादी पंक्तिभित्र सुन्न पाइन्छ ।

यही मेसोमा हरिबोल गजुरेल र निरु दर्लामीबीचको यौन सम्बन्ध पनि चर्चामा रह्यो । उनीहरु कार्वाहीमा पनि परेका थिए ।

माओवादीले जनयुद्ध सुरु गरेपछि ‘यौन विचलन’ मा कारबाहीमा पर्ने नेतामा यानप्रसाद गौतम ‘आलोक’ पनि एक हुन् । उनी हाल नेकपाको काभ्रे जिल्ला अध्यक्ष रहेकी आफ्नै साली रुकु चौलागाईंसँगको सम्बन्ध खुलेपछि कारबाहीमा परेका थिए । त्यसबेला उनी पूर्वी कमाण्ड इन्चार्ज थिए ।

नयाँ सांस्कृतिक मूल्य–मान्यता अर्थात् सांस्कृतिक रुपान्तरण, तत्कालिन माओवादीले २०५२ सालमा सशस्त्र जनयुद्ध सुरु हुनुअघि देखि नै उठाउँदै आएको विषय हो ।

जनयुद्ध सुरु गर्नुअघि माओवादीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको ४०–बुँदे मागमा यो विषय प्राथमिकताका साथ समेटिएको थियो । माओवादीले तत्कालिन सरकारलाई बुझाएको मागपत्रमा ‘साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमण अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिका आयात र बिक्रीवितरणमा तुरुन्त रोक लगाउनुपर्छ’ भनेर माग गरिएको थियो ।

२०५२ फागुन १ मा तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा जारी गरेको अपिलमा पनि सांस्कृतिक पक्षलाई महत्वका साथ उठाइएको थियो । तर सांस्कृतिक विचलन भने जनयुद्धकालमा आफ्नै पार्टी्भित्र माओवादीले धरेै झेल्नु पर्यो ।

पार्टी्भित्र जनयुद्धताका एकपछि अर्को गर्दै यस्ता यौनकाण्डसम्बन्धी विवादहरु बढ्दै गएपछि यो विषय जनयुद्धताका निकै बहस र टाउको दुखाइको विषय बन्यो । पार्टीको केही वैठक यस्तै बढ्दो प्रवृत्तिमा केन्द्रित रहे । २०५४ सालको केन्द्रीय समितिको वैठकमा यो निकै बहसको विषय बन्यो । त्यसो त सांस्कृतिक विचलनमा परेका नेताहरुको घटना र कारवाहीबारे तत्कालिन नेकपा माओवादीले आफ्नो दस्तावेजमै लेख्यो । नेपालटपलाई प्राप्त जानकारी अनुसार यसबीचमा यी विषयलाई कारवाहीको तहसम्मै पुर्यायो माओवादीले । यीमध्ये कतिपय घटना पुष्टि भए भने केही आरोपमै सिमित रहे ।

जनयुद्ध कालमा माअ‍ेवादीभित्र चर्चित यौनकाण्डको रुपमा ‘आलोक प्रवृत्ति’ भनेर चिनिन्छ । जुन यानप्रसाद गौतम आलोक काण्डका रुपमा चर्चित नै छ । तत्कालिन माओवादीको पूर्वाञ्चल प्रमुख रहेका आलोकको नाम काभ्रे–रामेछाप सेक्रेटरी रहेकी रुकु चौलागांईसँग जोडियो । यसले पार्टी्भित्र ठूलो रुप लियो । अन्ततः आलोकलाई श्रमशिविरमा राखेर अनुशासन कारवाही गरिएको थियो । निष्कासनपछि श्रम शिविरमा राखिएको बेला उनको शिविरमै दोहोरो भिडन्तमा मृत्यु भएको थियो ।

जनयुद्ध थालिएको दोस्रो वर्षमै पछि कृषिमन्त्री समेत भएका केन्द्रीय नेता हरिबोल गजुरेल शितलकुमारले पनि सांस्कृतिक विचलनमा परेर कारवाही भोगे । जनयुद्धपछि मन्त्री समेत भएका गजुरेलमाथि त्यसबेला पार्टीकै एक महिला कार्यकर्तासँग अनैतिक सम्बन्ध राखेको अभियोग लागेको थियो ।

हाल कारावासमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली सुदर्शनमाथि पनि यौनकाण्ड लागेको थियो । त्यही प्रकरणमा उनलाई पनि पार्टीले कारबाही गरेको थियो, तर पछि त्यो घटना त्यसै हराएर गयो ।

२०५७ सालमा अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णध्वज खड्कालाई पनि तत्कालिन महिला विद्यार्थी नेतृले आफूलाई यौनदुव्र्यवहार गरेको आरेप लगाएपछि खड्का ६ महिना पार्टीबाट निष्कासित हुन पुगेका थिए ।

जनयुद्ध सुरु गर्नुअघि माओवादीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई बुझाएको ४०–बुँदे मागमा यो विषय प्राथमिकताका साथ समेटिएको थियो । माओवादीले तत्कालिन सरकारलाई बुझाएको मागपत्रमा ‘साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमण अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिका आयात र बिक्रीवितरणमा तुरुन्त रोक लगाउनुपर्छ’ भनेर माग गरिएको थियो ।

यस्तै पार्टीको केन्द्रीय सदस्य हिमाल राई पनि यौनकाण्डमा एक वर्ष पार्टीको निलम्वनमा परको थिए । जुन विप्लव माओवादी हुँदै नेकपामा प्रवेश गरेका छन् ।

त्यस्तै संचारमन्त्री भइसकेका तत्कालिन माओवादीका नेता राम कार्की पनि यस्ता प्रकरणमा जोडिदै आएका छन् । उनको नेतृ सुशीला कन्दङवासँग नाम पनि जोडियो । नेपालटपलाई प्राप्त जानकारीअनुसार यस प्रकरणमा पार्टीले २ वटा छानबिन समिति गठन गरेपनि प्रतिवेदन भने बाहिर आएन ।

अहिले खानेपानीमन्त्री रहेकी विना मगर र प्रचण्डपुत्र प्रकाशबीचको प्रकरणले पनि त्यतिबेला निकै हंगामा मच्चाएको थियो । हालको महरा प्रकरण संसदीय कालको चर्चित काण्ड नै हुन पुगेको छ ।

तत्कालिन नेकपा एमालेका नेताहरु पनि यौनकाण्डबाट अछुत छैनन् । कारबाहीको विषय बनाएर छलफल नभएपनि कतिपय नेताहरुको विषयमा प्रश्न उठेको बताइन्छ । नेपालटपलाई प्राप्त जानकारी अनुसार तत्कालिन एमाले नेता तथा सामान्य प्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ यस्तै प्रकरणमा पार्टीले कारबाही गरेपछि गुमनाम छन् ।

तत्कालिन एमालेका नेता मोदनाथ प्रश्रितको नाम पनि यस्ता प्रकरणमा जोडिदै आएको छ । तर पुष्टि भएको अवस्था भने छैन । केही समयअघि सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी यस्तै काण्डमा कारबाहीमा परेका छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा पनि एक महिलाका कार्यकर्ताले आरोप लगाउदै आएकी छन् । त्यसो त तत्कालिन पर्यटनमन्त्री कृपाशुर शेर्पामाथि पनि यस्तो आरोप लाग्दा निकै चर्चित विषय बनेको थियो ।

यो लहरो तान्दै जाने हो भने पहरो नै गर्जने देखिन्छ र सबैलाई कारवाहीको दायरामा ल्याउने हो भने हालको सरकार र राज्यका प्रमुख पदहरु नै खाली हुने देखिन्छ । तात्कालीन एमालेका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कार्यालयको वैठक बसेर आरोपित पार्टी शीर्ष नेताहरु एउटै गाडीमा बस्न नपाइने, संगै हिंड्न नपाइने, एकान्तमा भेट्न नपाइने, वैठक र कुराकानीको बाहना गर्न नपाइने भनी कोड अफ कन्डक्ट नै बनाइएको थियो । यसलाई लिएर हाल सामाजिक सञ्जाल पोतिइरहेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्