शहीद स्मारक लिगमा सन्तोषको सय गोल



काठमाडौं : सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गरेका हुन ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका हुन । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ ।

जारी लिगमा उनको यो चौथो गोल हो । उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेन्न । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन । रासस

प्रतिक्रिया दिनुहोस्