‘ए’ डिभिजन लिग : एपीएफलाई पराजित गर्दै संकटाको जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफलाई पराजित गर्दै संकटाले जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा संकटाले ४–२ गोल अन्तरले जित हात पारेको हो ।

संकटाका लागि लक्ष्मण रुचाल, कर्ण लिम्बुले एक एक गोल गरे भने अजयी मार्टिनले दुई गोल गरे । यस्तै एपीएफका लागि लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल फर्काए।

जितसँगै संकटाले ५ खेलमा ७ अंक जोडेको छ भने एपीएफको ५ खेलमा ४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्