‘करिना तिम्रो घुँडा खोइ ?’



एजेन्सी : बलिउड अभिनेत्री करीना कपूर खानको पछिल्लो चलचित्र ‘गुड न्यूज’ चलचित्र हलहरुमा चलिरहेको छ । उनी उक्त फिल्मको प्रमोशनमा व्यस्त रहेकै बेला उनको एउटा तस्बिरले सामाजिक सञ्जाल तातेको छ ।

‘कमेडी ड्रामा’ मा आधारित उक्त चलचित्रले बक्स अफिसमा पनि राम्रै कमाई गरिरहेको छ । र चलचित्रमा उनले निभाएको भुमिकाको पनि निकै प्रशंसा पनि भइरहेको छ । तर, उनी भने सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन् ।

सुन्दर अभिनेत्री करीना कपूरले फोटो इडिट गरेर सामाजिक सञ्जालमा राखेपछि ट्रोलको सिकार भएकी हुन् । उनले उक्त फोटो एउटा म्यागाजिनको कभर फोटोको लागि खिचाएकी थिइन् ।

बिस्तारामाथि उभिएकी करीनाको पोज निकै राम्रो छ । तर उनको फोटो यति धेरै इडिट गरिएको छ कि उनको घुँडा पनि इडिट गर्दा हराएको छ । उक्त तस्बिर देखेपछि उनका प्रशंसकहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् ।

उनलाई एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यति धेरै रिटच भएको छ कि घुँडा नै गायब भएछ ।’ त्यसैगरी, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यति धेरै इडिट भएछ कि उनको घुँडा नै गायब भएछ । करीना यति राम्री छिन् किन इडिट गर्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्