जनकपुरमा ट्राफिक व्यवस्थापनबारे छलफल, स्मार्ट भएर काम गर्न निर्देशन



जनकपुरधाम : प्रदेश २ को ट्राफिक अवस्था अनुगमन तथा निरीक्षणका लागि ट्राफिक निर्देशनालय काठमाडौंका प्रमुख डिआइजी पूर्णचन्द्र जोशी मंगलबार जनकपुर आइपुगेका छन् । उनले यहाँ स्मार्ट तारिकाले काम गर्न मातहतका ट्राफिक कार्यालयलाई निर्देशन दिए ।

जोशीले भने, ‘अहिले समग्रमा हेर्दा मुलुकभरि नै दुर्घटना बढेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे हामी चिन्तित छौं ।’ धनुषा ट्राफिक कार्यालय जनकपुरमा सञ्चारकर्मीसँग जोशीले भने, ‘हामी अहिले प्रदेश २ का सम्पुर्ण ट्राफिक कार्यालयमा निरीक्षण गर्दैछौं ।’

ट्राफिकबारे आम जनताको बुझाइ र ट्राफिकको कामकर्तव्य कस्तो हुँदै छ भन्ने बुझ्न प्रदेश २ का आठवटै जिल्लामा निरीक्षण गर्न लागेको जोशीले बताए । उनी मंगलबारै सिरहा र सप्तरी पनि जाँदैछन् ।

उनले जनकपुरमा ट्राफिक व्यवस्थापनबारे नागरिक समाज, पत्रकार र सर्वसाधारणसँग छलफल गरे । छलफलमा नागरिक समाजका अमरचन्द्र अनिल, पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, लायन्स क्लबका नलिनी कर्ण, धनुषा ट्राफिक प्रमुख दीपक साहलगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्