यसरी गरे सन्दिपले ‘भिजिट नेपाल २०२०’ को प्रचार



काठमाडौं : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने बेला बेला चर्चामा रहने गरेका छन्। कहिले क्रिकेटका कारण, कहिले गितका कारण तर पछिल्लो समय उनी चर्चामा रहनुका कारण फरक रहेको छ।

यो पटक उनले लगाएको जुत्ता र जुत्तामा लेखिएको सन्देशका कारण चर्चा चलिरहेको हो। बिग ब्यास लिग खेलीरहका सन्दीपले लगाएको जुत्तामा अष्ट्रेलिया आगलागीको लागि सहयोग र नेपालको भ्रमण वर्षको अभियानलाई समर्थनसहितको सन्देश लेखिएको छ।

उनले सिड्नी थन्डर्स विरुद्धको खेलमा आफुले लगाएको स्पाइकमा भिजिट नेपाल २०२० लेखेर खेलेका थिए । जसलाई प्रत्यक्ष प्रशारणमा पनि राम्रोसँग देखाइएको थियो ।

सेतो र निलो मिक्स स्पाइकमा उनले कालो अक्षरमा बुझिने किसिमले भ्रमण बर्ष २०२० लेखेका थिए । उनको यो कामलाई खेलका कमेन्टेटरले पनि तारिफ गरेका थिए । नेपालले सन् २०२० मा २० लाख पर्यटन ल्याउने योजना सहित जनवरी १ बाट भ्रमण वर्ष मनाइरहेको छ।

Image

यस्तै अष्ट्रेलियामा भईरहेको भिषण आगलागीको कारण हजारौ मानिस विस्थापित भएका छन् भने लाखौ जीव जन्तुको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्