स्पानिस सुपर कपको उपाधिका लागि एट्लेटिको र रियल भिड्ने



काठमाडौं : स्पानिस सुपर कपको उपाधिका लागि आइतबार एट्लेटिको मड्रिड र रियल मड्रिड भिड्ने भएका छन्। खेल साउदी अरेबियास्थित किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ।

बुधबार राति सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई ३–१ गोलले हराएको थियो भने बिहीबार राति सम्पन्न खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोलले हराउदैं फाइनल प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्