के एसिड आक्रमणपीडितको कथा बोल्यो त ‘छपाक’ले ?



एजेन्सी : जागिरको लागि अन्तरवार्ता दिन गएकी एक एसिडपीडित युवतीलाई मालिकले आवेदन फर्ममा अनुहार जलेको कुरा उल्लेख नगर्नुको कारण साधेपछि नाजवाफ युवती नाजवाफ बन्छिन् ।

यस्तै जुझारु युवतीको कथा बोकेको फिल्म हो ‘छपाक’ । यो फिल्म वास्तविक जीवनमा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको संघर्षको कथामा आधारित छ । लक्ष्मीको वास्तविक जीन्दगीलाई कथामा उतार्ने कोसिसमा छन्, मेघना गुलजार र दीपिका पादुकोण ।

अरजित सिंहको आवाजमा रहेको शीर्ष गीतले छपाकको वास्तविक पीडा बोलिरहेको छ । कसरी एसिडले एउटा चन्द्रमा जस्तो अनुहार र त्यसको पहिचान नै परिवर्तन गरिदिन्छ भन्ने कुरालाई स्पट्याएको छ । र, कसरी एउटा जीवन परिवर्तन गरिदिन्छ भन्ने कुरा पनि देखाएको छ ।

पुरुषवादी सोच
फिल्ममा तेजाब आक्रमणपछि अनुहार, कान, नाक सबै गुमाएकी एक निर्दोष, उदास र छट्पटीलाई दीपिका पादुकोणले आफ्नो अभिनयमार्फत देखाउने भरपूर कोसिस गरेकी छिन् ।

फिल्मको एउटा सीनमा भएको हमलापछि टुटेकी मालती (दीपिका)ले आफ्ना सबै गहना, साना, कपडा र झुम्का फाल्न निर्णयमा पुग्छिन् । उनले नाक, कान केही नभएपछि कसरी झुम्का लगाउने भन्दै आमासँग आक्रोश पोख्छिन् । मुखले आफूप्रति नै अनेक प्रतिक्रिया जनाएपनि उनी आफ्नो भार आफैले उठाउनुपर्छ भन्ने महसुस गर्छिन् ।

फिल्मको अर्को सीनमा उनको अपरेसन हुन्छ । उनको कानमा झुन्डिएको साना झुम्काले धेरै कुरा बोलिरहेको छ फिल्ममा ।

फिल्ममा उनीसँग देखिएका बिक्रान्त मेसीले उनलाई सहकर्मी, साथी र जीवनसाथी बनेर साथ दिइरहेका छन् ।


फिल्ममा एसिड आक्रमण नै समाजको पुरुषवादी सोचको उपज भएको, फितलो कानुनी व्यवस्था र संवेदनहीनतालाई देखाउन खोजिएको छ । हमलापछि मालतीको मोबाइलमा धेरैजसो केटाहरुको म्यासेज देखेपछि प्रहरीले स्कुलमा पढ्ने केटीको केटा साथी कसरी बन्यो भन्ने प्रश्नले पुरुषवादी सोचलाई प्रष्ट पारेको छ ।

एसिड आक्रमणपीडितको पीडा

छपाक फिल्मको सबैभन्दा राम्रो पक्ष यो एसिड आक्रमण पीडितको पीडा, दुख र दर्दनाक कहानीले भरिएको छ । यति हुँदाहुँदै पनि उनको पीडालाई कसैले बुझ्ने कोसिस गर्दैनन् । प्रेम गर्न पनि मालती नै अग्रसर हुन्छिन् ।

उनलाई थाहा छ कि जीन्दगीले उनीमाथि अन्याय गरेको छ तर उनलाई कसैले साथ दिदैँनन् ।

मालतीमार्फत एसिड आक्रमणको पीडालाई देखाउने भरपुर कोसिस गरेकी छिन् दीपिकाले । आफूमाथि भएको पीडालाई बिर्सेर पनि आफूलाई अगाडि बढाएर सफल भएकी लक्ष्मी अग्रवालको कथाले सबै एसिड आक्रमणपीडित युवतीहरुलाई प्रेरणा मिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्