धनुषामा विपद व्यवस्थापन समितिको बैठक



जनकपुरधाम : देशैभर चिसो बढ्दै जाँदा धनुषामा शितलहरको सम्भावित असर न्यूनिकरणका लागि विपद व्यवस्थापन समितिले छलफल गरेको छ । शीत लहर पहिले गर्नुपर्ने तयारी र उद्धार तथा सहयोगका लागि योजना बनाउन मंगलबार समितिको बैठक बसेको हो ।

बैठकमा सर्वसाधारणलाई शीतलहरको असरबाट जोगाउन स्थानीय तहले गरेका तयारीका विषयमा छलफल भएको छ । आजको बैठकमा विपद आउनुअघि र पछिको तयारीबारे गम्भीर छलफल भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । 

बैठकमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन म्रन्त्रालयका सचिव भूपेन्द्र राजसहित विभिन्न स्थानीय तहका प्रमुख सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्