नेभ्ला प्रदेश कमिटी संयोजक चौधरी सम्मानित



कैलाली : विश्व पशुपंक्षी दिवस २०७५ तथा पशुसेवा विभाग स्थापना दिवसको अवसरमा नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टोक एसोसिएसन सुदूरपश्चिम प्रदेश कमिटी संयोजक धन बहादुर चौधरी सम्मानित भएका छन् ।

 

निकै लामो समयदेखि नेपालको पशुसेवा क्षेत्रमा पशु सेवा कर्मीको तर्फबाट पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै बिहीबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र पशुसेवा विभागले सम्मानित गरेको हो । 

 

२०६१ सालमा कृष्णपुर उच्च माध्यामिक विद्यालय गुलरीया कञ्चनपुरबाट पशु प्राविधिक विषयमा जेटिए उत्र्तिण गरेका चौधरी निरन्तर पशुपालन तथा उत्पादनमा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका थिए । 

 

उनले धनगढी उप–महानगरपालिकामा मेमोरियल एग्रोभेट सेन्टरसँगसँगै व्यवसायिक कृषि व्यवसाय गर्दै आएका छन् । पशु प्राविधिकहरुको हकहितको लागि काम गर्ने संगठन नेभ्लाको कैलालीबाट सदस्यता लिएका चौधरीले थुप्रै समय कैलाली जिल्ला कमिटिको नेतृत्व गरे, भने हाल नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टोक एसोसिएसन सुदूर पश्चिम प्रदेश कमिटी संयोजक पदभार सम्हाल्दै आएका छन् ।

 

हरेक अक्टोबर ४ तारीकमा मनाईने विश्व पशुपंक्षी दिवस तथा पशुसेवा विभाग स्थापना दिवसमा पशुपालन र उत्पादन क्षेत्रमा महत्तपुर्ण योगदान पुर्याउने सेवाकर्मीहरुलाई सम्मान गर्दै आएको थियो । यस बर्ष भने सुदूरपश्चिम प्रदेसबाट नेभ्ला प्रदेश संयोजक चौधरी सम्मानित भएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस्