एपीएफलाई न्यु डाइमण्ड महिला भलिबलको उपाधि



काठमाडौं : तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले हात पारेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आज भएको फाइनल खेलमा एपीएफले आयोजक न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेल एपिएफले २५–२०,२५–२३ र २५–१८ को सेटमा विजयी भएको थियो । 

जितसँगै एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने आयोजक न्यु डाइमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्