ए डिभिजन लिग फुटबल : ब्रिगेड र सरस्वतीले अंक बाडे



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लब र सरस्वती क्लबले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोश्रो खेलमा ब्रिगेड र सरस्वतीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

बराबरीसँगै १ अंक जोडेको सरस्वती पुछारमा छ । बीबीसीको लिगमा ७ अंक भएको छ ।

लिगमा सोमबार २ खेल हुनेछन् । दिउँसो १२ बजे एनआरटी र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे च्यालस युथ क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्