आलुबालीका किसान उत्साहित



पशुपतिनगर :  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । 

 

इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ खरीदका लागि सहज भएको हो । विसं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म सञ्चालनमा आएको आलु विकास केन्द्र बन्द भएको लामो समयपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

 

तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको कृषि नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जी र बङ्गुरपालनसम्बन्धी अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थाको आठ हजार ८२५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्क स्थापनापछि आलुको बीउ उत्पादन गरी सरल मूल्यमा बिक्री गर्ने काम गरेको कार्यालयका प्रमुख तथा वरिष्ठ बालीविज्ञ राम कटुवालले बताए । 

 

दुई हजार ८३५ मिटर उचाइमा अनुसन्धान केन्द्र स्थापनापछि इलाम, पाँचथर र ताप्लेजुङका किसानले सहजरुपमा गुणस्तरीय आलुको बीउ पाएका छन् । केन्द्र स्थापनापछि आलुको बीउको माग उच्च भएको वरिष्ठ बाली विकास अधिकृत कटुवालको भनाइ छ । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरी आलुको परीक्षण र बीउ उत्पादन मात्रै गरेको थियो । 

 

केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीको अनुसन्धान तथा प्रमाणीकरण गरिरहेको प्रमुख कटुवालले बताए । राम्रो देखिएका आलुका जात, कृषिउपजका जाँच गरिँदा किसानलाई सहयोग पुगेको सन्दकपुर गाउँपालिकाका किसान उमेश गुरुङले बताए ।

 

किसानहरुको समूहमार्फत धान, गहुँ र मकैको बीउ उत्पादनको काम गर्दै आएको अनुसन्धान केन्द्रले पाख्रिबास कालो बङ्गुरलाई प्रवद्र्धन गर्न सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकामा प्रजनन केन्द्र स्थापना गरेको छ । जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योति, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीउ उत्पादन हुने केन्द्रमा अत्यधिक माग भएपछि किसानलाई भनेअनुसारको आपूर्ति गर्न सकेको छैन । 

 

भारत, भुटानबाट आलुको बीउ आयात हुने गरेको भए पनि केन्द्र स्थापना भएपछि किसानले बाह्य आलुको बीउको प्रयोग गर्न छोडेका छन् । सदरमुकामदेखि उत्तरको जौबारीमा यातायातका साधन चल्ने गाडी स्तरोन्नति नभए पनि किसान आफैँ बीउ लिन जाने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रमा अहिले सात प्रजातिको आलुको बीउ उत्पादन गर्छ भने बाह्य अनुसन्धान केन्द्र नयाँबजारबाट धान, गहुँ, घाँसलगायतका कृषिउपजको अनुसन्धान गरिँदै आएको छ । 

 

केन्द्रले उत्पादन गरेको एक मन आलुको बीउबाट औसतमा १६ मनसम्म आलु उत्पादन हुने गरेको छ । केन्द्रमा उत्पादन भएको बीउ मध्य पहाडी क्षेत्रको समुद्री सतहको एक हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा खेती हुने गरेको । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रुपमा विकासका लागि नार्कको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका छन् । नेपालको

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा नयाँ कोरोना संक्रमण थपिएका

गोरखा : ललितपुरको पाटन अस्पतालमा सोमबार राति मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ । सोमबारमात्र

काठमाडौं । मंगलबार (आज)मन्त्रिपरिषद बैठक बस्दैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे

काठमाडौं : देशभर मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहको आज (मंगलबार) जन्मदिन परेको छ । पूर्व राजा शाह

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : सोमबार काठमाडौं उपत्यकाकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य