अभियन्ता दिलीप कुमारलाई शहिद घोषणा गर्न माग



वीरगञ्ज : अवैध उत्खनन्को विरोध गरेको निहुँमा धनुषामा हत्या गरिएका दिपीप कुमार महतोलाई शहिद घोषणा गर्न माग गरिएको छ ।

वीरगञ्जमा आइतबार आयोजित दीप प्रज्वलन कार्यक्रममा महतोलाई पहिलो वातावरण शहिद घोषणा गर्न माग गरिएको हो ।

वातावरणको क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको प्रकृति सेवा प्रतिष्ठानको अगुवाइमा वीरगन्जको घण्टारचोकमा आइतवार साँझ महतोको नाममा दीप प्रज्वलन गरिएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा सहभागी सामाजिक अभियन्ता र युवाहरुले महत्तोको हत्या आरोपमा पक्राउ परेकाहरुलाइ हदै सम्मको कारबाहीको माग पनि गरेका थिए ।

वातावरण जोगाउनका लागि ज्यानको बलिदानी दिने महतो नेपालमै पहिलो व्याक्ति भएकाले उनलाइ सरकारले पहिलो वातावरण शहिद घोषणा गर्नु पर्ने माग गरिएको प्रकृति सेवा प्रष्ठिानका अध्यक्ष जसपाल सिंहले बताए ।

दीप प्रज्वलनपछि श्रद्धान्जलीसभामा बोल्दै अध्यक्ष सिंहले वातावरण संरक्षणका लागि आवाज उठाउँदा ज्यान नै गुमाउनु पर्ने देशको अवस्थाको उजागर गरेको बताए ।

सामाजिक अभियन्ता प्रकाश थारुले महतोको हत्या प्रकरणलाइ ढाकछोप गर्न प्रहरीको पनि संलग्नता देखिएकाले त्यस्ता प्रहरीलाइ पनि कानुनी कठघरामा उभ्याउन सरकारले साहस देखाउनु पर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष सिंहको अध्यक्षतामा भएको दिप प्रज्वलन र कोणसभामा सामाजिक अभियन्ताहरु प्रकाश थारु , बृजेश्व प्रसाद चौधरी , वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ , समाजवादी पार्टीकी केन्द्रिय सदस्य मनिका सिंह , रेडक्रसकर्मी राजन श्रीवास्तव , युवा अभियन्ताहरु श्याम सर्राफ , राजा सर्राफ लगायतको पनि सहभागीता रहेको थियो ।

धुनषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाशलाई गाउँ छेउकै औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न शुक्रबार बिहान खोलामा गएको बेला रडले कुटपिट गरि टिपरले टाउको किचेर उनको हत्या गरिएको थियो ।

हत्याको आरोपमा प्रहरीले खोला उत्खनन् गर्ने चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी विपिन महतो, टिपर चालक मुनिन्द्र महतो ,लोडर चालक जितेन्द्रकुमार महतो र ओम प्रकाशका साथी रोशन यादवलाई पक्राउ गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्