के हो कोलेस्ट्रोल ? कसरी बच्ने कोलेस्ट्रोलबाट ?



काठमाडौं: कोलेस्ट्रोल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो। खासगरी, रगतमा पाइने बोसोलाई कोलेस्ट्रोल भनिन्छ। कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ। तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा वढी हुन्छ। यस्तो भएमा शरीरमा नकारात्मक असर गर्छ। 

 

जाडोयाममा घाम कम लाग्छ। अनि, घाम पनि कम तापिन्छ। यस्तो हुँदा शरीरमा भिटामिन डीको कमी भई कोलेस्ट्रोलको मात्रा वढ्छ। नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ। र, कलेजोको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ।

 

चिल्लो, भुटेको, तारेको खानेकुरा र फास्टफुडले शरीरमा अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छ। यस्ता खाना धेरै खानु हुँदैन।यो खबर नयाँ पत्रिका दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्