के हो कोलेस्ट्रोल ? कसरी बच्ने कोलेस्ट्रोलबाट ?



कोलेस्ट्रोल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो । खासगरी, रगतमा पाइने बोसोलाई कोलेस्ट्रोल भनिन्छ । कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ ।

तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा वढी हुन्छ । यस्तो भएमा शरीरमा नकारात्मक असर गर्छ ।

जाडोयाममा घाम कम लाग्छ । अनि, घाम पनि कम तापिन्छ । यस्तो हुँदा शरीरमा भिटामिन डीको कमी भई कोलेस्ट्रोलको मात्रा वढ्छ ।

नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ । र, कलेजोको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

चिल्लो, भुटेको, तारेको खानेकुरा र फास्टफुडले शरीरमा अत्यधिक कोलेस्ट्रोल उत्पादन गर्छ । यस्ता खाना धेरै खानु हुँदैन । 

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्