दमदार टिजरमा ‘लप्पन छप्पन-२’



काठमाडौं : मुकुन्द भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।

बैशाख १२ मा रिलिज हुने सिनेमाले प्रचारलाई चुस्त बनाउन टिजर सार्वजनिक गरेको हो ।

१ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन सिनको बाहुल्यता छ ।

एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट९एमआर आरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

सिनेमामा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

सिनेमाका सह(निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् ।

प्रतिक्रिया दिनुहोस्