चरेशसहित एक पक्राउ, प्रहरीलाई धकेलेर एकजना भाग्न सफल



बझाङ : जिल्लाको बुंगल नगरपालिका –३ बिरपइसेरा बिजगडामा प्रहरीले दुई केजी ४ सय ८० ग्राम लागुऔषध चरेशसहित एक जना पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट बुंगलमा चेकजाचँ गर्ने क्रममा मंगलबार राती कैलालीको चुरे गाउँपालिका – ५ बस्ने २२ वर्षिय जय बहादुर धामीलाई चरेशसहित पक्राउ गरिएको हो । धामीको पुख्र्यौली घर साविकको दहबगर गाबिस रहेको जनाइएको छ ।

लागुऔषध चरेशको कारोबार गोप्य सूचनाका आधारमा प्रहरीले कारोबारीहरुमाथि निगरानी बढाएको थियो । रोयल एनफील्ड वान टेस्ट मोटरसाईकलमा बिजगडाबाट बागथलासम्म जाँदै गरेको अवस्थामा  दुईजनालाई झोलामा लुकाइछिपाई राखेको तीन पोकामा दुई केजी ४ सय ८० ग्राम लागुऔषध चरेश बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रबीण धितालले जानकारी दिए । उनले भने, ‘मोटरसाइकलमा सवार दुईजना रहेछन् ।

 

एकजना प्रहरीलाई चेकजाँचका क्रममा धकेलेर भागेकोले ती व्यक्तिको पहिचान भइरहेको बताए । चरेशसहित नियन्त्रणमा लिएका धामीबाट राहदानी एक थान, नागरिकताको प्रमाणपत्र एकथान, सिल्भर रंगको स्क्रिन फुटेको मोबाईल एक थान र मोटरसाईकल र हेल्मेट एक थान नियन्त्रणमा लिइएको डीएसपी धिताले जनाए ।

पछिल्लो समय लागुऔषध चरेशको काराबार गर्ने गिरोह भाग्न सजिलोको लागि मोटरसाइकल प्रयोग गरिरहेकाले प्रहरीलेसमेत सोही अनुरुप अप्रेसन चलाएको डीएसपी धितालले जनाए । गत बैशाख यता बझाङ प्रहरीले मात्र तीन पटक गरी झण्डै २२ केजी चरेश बरामद गरिसकेको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्