‘तानाजी’ ले ६ दिनमा कमायो १ सय करोड, हरियाणा र उत्तर प्रदेशमा कर मिनाहा



एजेन्सी : बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजीः द अनसङ्ग वारियर’ ले ६ दिनमा १ सय करोड कलेक्शन गरेको छ । यो फिल्म २०२० कै सुपरहिट फिल्मको रुपमा स्थापित हुन सफल भएको छ ।

बुधबार फिल्मले १६.७२ करोड कमाई गरेको थियो । यसअघि फिल्मले रिलीज भएको पहिलो हप्ता नै ६१.९३ करोड कमाई गरेको थियो । पहिलो दिन नै १५.१० करोड कमाई गरेको फिल्मले दोस्रो र तेस्रो दिन क्रमशः २०.५७ करोड र २६.२६ करोड कमाई गरेको थियो । यसैगरी, फिल्मले सोमबार १३.७५, मंगलबार १५.२८ र बुधबार १६.७२ करोड कमाई गरेको थियो । यसरी ६ दिनमा कुल १०० करोड क्लबमा इन्ट्रि मारेको छ ।

अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ सँग प्रतिष्पर्धा गरेको यो फिल्मले पादुकोणको भन्दा बढी कमाई गरेपछि अजय देवगनले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विट गरेका छन् । उनले लेखेका छन्, ‘सबै दर्शकलाई धन्यवाद । तपाईंहरुको साथ र मायाले मात्रै यो सम्भव भएको हो । तपाईंको माया, प्रोत्साहन र समर्थनको लागि धन्यवाद दिन चाहान्छु ।’

यो मात्र होइन, यो फिल्मलाई केही राज्यहरुमा कर निःशुल्क गरिएको छ । हरियाणमा कर मिनाहा गरिएको मुख्यमन्त्री मनोहरलाल खट्टरले जानकारी दिएका छन् । यसको अर्थ यो हो कि हरियाणका मुख्यमन्त्री खट्टरले पहिले नै यो फिल्म हेरे कि हेरेनन् बेग्लै पाटो हो तर यसले हरियाणामा राम्रो बजार पाउने फिल्म विश्लेषकहरुको अनुमान छ ।

यसैगरी, फिल्मको समर्थन गर्दै उत्तर प्रदेश सरकारले पनि मंगलबार फिल्मलाई कर मिनाहा गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्