रियल म्याड्रिडले लेगानेसलाई ३–० ले हरायो



एजेन्सी : कोपा डेल रेअन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा रियल म्याड्रिडले लेगानेसलाई ३–० ले पराजित गरेको छ । खेलमा कप्तान सर्जियो रामोसले १ सयौं गोल गरेका छन् । 

रियलले रामोसको गोलमा अग्रता बनाएको थियो । पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रामोसले आफ्नो करिअरको १ सयौं गोल पनि पूरा गरे । 

पहिलो हाफमा एक गोलले अघि रहेको रियलले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनायो । लुकास भाज्केजले गोल गर्दै रियललाई अगाडी बढाए । रियलका लागि तेस्रो गोल ७५ औं मिनेटमा भिनिसियसले गरे । 

प्रतिक्रिया दिनुहोस्