अनशनरत विद्यार्थीका माग सम्बोधन गर्दै राजपाले गर्यो यस्तो निर्णय



काठमाडौं : संघको एकल नेतृत्वको माग गर्दै संघीय कार्यालयमा अनशन बस्दै आएका विद्यार्थीहरुको माग सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकल नेतृत्वसहित आफ्नो भातृ संस्था राष्ट्रिय विद्यार्थी संघको महाधिवेश गराउने निर्णय गरेको छ ।

हिजो (शुक्रबार) बसेको राजपा अध्यक्ष मण्डलको बैठकले विद्यार्थी संघका ६ जना अध्यक्षलाई संयोजन गर्ने निर्णय पनि गरेको छ । यसका लागि कृष्णकुमार सिंह (कृष्णा) लाई संयोजक तोकिएको छ ।

महाधिवेशन गराएर हाल रहेका ६ जना अध्यक्षहरुलाई संयोजन गरी एकल नेतृत्वमा लगिने तयारी राजपाले गरेको छ ।

विद्यार्थी संगठनलाई एकल नेतृत्वमा लग्नुपर्ने माग राख्दै एक साताअघि राष्ट्रिय विद्यार्थी संघका पदाधिकारीले काठमाडौंस्थित राजपाको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्