जिल्ला वन कार्यालयका दुई जना अधिकृत एकै पटक सरुवा, कामकाज प्रभावित



बझाङ : जिल्ला वन कार्यालय बझाङका अधिकृत र सहायक अधिकृत एकै पटक सरुवा भएका छन् । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच अधिकृत असोक श्रेष्ठ र सहायक अधिकृत सुरेन्द्र कठायत बिदार्इ गरिएकाे हाे । 

 

अधिकृत र सहायक अधिकृतकाे एकै पटक सरुवा भएपछि वन कार्यालयबाट हुने कामकाजमा अवराेध अाएकाे छ । अधिकृत श्रेष्ठ २ वर्ष ९ महिना र सहायक अधिकृत कठायतले ६ वर्ष जिल्ला वन कार्यालय बझाङमा सेवा दिएका थिए । 

 

अधिकृत श्रेष्ठ सरुवा भएर प्रदेश ५ मा र सहायक अधिकृत कठायत कैलाली सरुवा भएका छन् । उनीहरुलार्इ सुर्मा साइपाल कर्मचारी मिलन केन्द्रले बिदाई गरेको हो । 

प्रतिक्रिया दिनुहोस्