ट्रकको ठक्करबाट ट्रान्सफर्मरसहित पोल  ढल्यो, स्थानीय भन्छन्, ‘प्राधिकरणको लापरबाहीका कारण दुर्घटना’



जनकपुरधाम : जनकपुर–२० स्थित देवपुरा–रुपैठामा ट्रकको ठक्करबाट ११ हजार भोल्टको ट्रान्सफर्मरसहित ५ वटा पोल ढलेको छ । जटहीबाट जनकपुरतर्फ गइरहेको ना६ख १४४५ नम्बरको ट्रक तारमा अल्झिएर दुर्घटना भएको हो । लाइन नभएको समयमा दुर्घटना भएकाले मानवीय क्षति हुन पाएन । 

पोल ढल्दा बाटोमा गुडिरहेको ज५प ५८९९ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक भने सकुशल छन् । 

नेपाल विद्युत् प्राधिकरणको चरम लापवाहीका कारण यो घटना भएको स्थानीयले आरोप लगाएका छन् । टाँगिएको तारलाई माथि सार्न पटक पटक आग्रह गर्दा पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय भवन चौधरीले बताए । 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्