प्रदेश सरकारसँग माघी पर्वमा तीन दिन विदा माग



धनगढी : थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले माघी पर्वमा तीन दिन विदा दिन प्रदेश सरकारसँग माग गरेको छ ।

 

सभा र समाजले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीमा पुष ३०, माघ १ र २ गते सार्वजिनक विदा दिन माग गरेको हो । 

 

सभाका कार्यवाहक सभापति माधव चौधरी र समाजका संयोजक दीलबहादुर चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश सरकारले माघीमा एक दिन मात्रै विदा दिएकोमा विरोध जनाइएको छ ।

 

विज्ञप्तिमा नेपालको संविधान २०७२ ले गरेको व्यवस्था पूर्णरुपमा प्रदेश सरकारले पालना नगरी जातीय, क्षेत्रीय विभेदलाई संरक्षण गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्