‘ए’ डिभिजन लिग : सरस्वतीलाई हराउदै फ्रेन्ड्सको सहज जित



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोश्रो खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे भने साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल गरे। यत सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए । जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । सरस्वतीले १ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्