भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र आर्मी सेमिफाइनलमा



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलको यात्रा तय गरेको हो । एपीएफले भरतपुरलाई २५–११, २५–१२ र २५–१० ले पराजित गर्यो ।

आजै भएको अर्को खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो ।आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हराएर सेमिफाइनलको यात्रा तय गरेको हो। आर्मीले जावलाखेललाई २५–११, २५–५ र २५–१३ ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्