आज कति पुग्यो सुनको मूल्य ?



काठमाडौं : साताको पहिलो दिन ७ सयले वृद्धि भएको सुनको मूल्य आज (सोमबार) भने स्थिर भएको छ ।

हिजो (आइतबार) ७ सयले वृद्धि भएर ७५ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ७४ हजार ७ सयमा कारोबार भइरहेको संघले जनाएको छ । आज चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्