भलिबल क्लब च्याम्पियनसिप : आर्मी क्वाटरफाइनल प्रवेश



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ त्रिभुवन आर्मीले दोश्रो जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको खेलमा त्रिभुवनले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी क्वाटरफाइनल प्रवेश गरेको हो। आर्मीले नयाँ बजारलाई २५–१०, २५–१८ र २५–१९ ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्