भाजपा अध्यक्षमा जेपी नड्डा



नयाँदिल्ली : भारतीय जनता पार्टी (भाजपा) का अमित शाहलाई विस्थापित गर्दै कार्यबाहक अध्यक्ष जेपी नड्डा अध्यक्ष बनेका छन् ।

नड्डा आज (सोमबार)देखि भाजपाका अध्यक्ष बनेका हुन् ।

अमित शाह गृहमन्त्री बनेपछि नड्डाले भाजपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नड्डालाई अध्यक्ष पदका लागि पूर्वअध्यक्षहरु अमित शाह, राजनाथ सिंह र नीतिन गडकरीले प्रस्ताव गरेका थिए । ‍

प्रतिक्रिया दिनुहोस्