मलेसियालाई हराउँदै क्यान ११को लगातार दोश्रो जित



काठमाडौं : एकदिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले मलेसिया छनोट–११ लाई पराजित गरेको छ।

पोखरा रंगशालामा आज भएको खेलमा क्यान–११ ले मलेसियालाई १ सय ७० रनले हराउँदै लगातार दोश्रो जित हात पारेको हो। क्यानले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्