‘लभ डायरिज’ फिल्मको ट्रेलर रिलीज (भिडियो)



काठमाडौं : नेपाली कथानक चलचित्र ‘लभ डायरिज’ को ट्रेलर रिलीज भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलीज गरिएको हो ।

फिल्ममा नायक सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको छ भने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम कथा देखाइएको छ ।

फागुन २ गते रिलिज हुने चलचित्रको ट्रेलरमा दुई बिचको प्रेम, रोमान्स र बिछोडलाई समावेश गरिएको छ ।

सोमवार आयोजित ट्रेलर रिलिज कार्यक्रममा उपस्थित रहेका सुशील र रुबिनाले उनीहरूको प्रेम जीवन र भोगाइको विषमा अनुभव साटेका थिए । साथै चलचित्रको केही अंश आफ्नो जीवनमा पनि मेल खाने उनीहरूको भनाइ छ ।

चलचित्रमा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा शाहील खान सह(निर्देशकको रूपमा रहेका छन् ।

विनोद सापकोटा निर्माताको रूपमा रहेको चलचित्रमा सरोज तुलाधर सह(निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्