सेयरधनीलाई कृषिले २१ प्रतिशत लाभांश दिने



काठमाडौं : कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

बैठकले सरकारको अग्राधिकार सेयरबापतको ६ प्रतिशत नगद लाभांशसमेत प्रस्ताव गरेको छ । सरकारको अग्राधिकार सेयरसहित बैंकको हाल चुक्ता पुँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार सेयर रहेको छ ।

 

गत आर्थिक वर्ष २०७४र७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । 

 

बैंकले सर्वसाधारण सेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ । अघिल्लो आर्थिक वर्ष २०७३र७४ मा बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्