माछापुच्छ्रे क्यापिटन मर्चेन्ट व्यवसायमा प्रवेश



काठमाडौं :माछापुच्छ्रे क्यापिटन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छे« क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

चुक्तापूँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटललिले उपरोक्त सेवाहरु प्रदानगर्नका लागि सम्पूर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदानगर्ने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्