सुनको मूल्य वृद्धि



काठमाडौं : हिजो (बुधबार) पाँच सयले घटेको सुनको मूल्य आज (बिहीबार) पुनः वृद्धि भएको छ ।

हिजो ७४ हजार ८ सयमा कारोबार भएको सुन आज दुई सयले वृद्धि भएर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७ सयमा कारोबार भएको छ ।

चाँदी भने बुधबारको तुलनामा आज ५ रुपैयाँले बढेर तोलामा ८ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्