कसले गर्यो अभिनेत्री एनाबेलालाई ‘बाँधेर बलात्कार’



एजेन्सी :अमेरिकी अभिनेत्री एनाबेला सिओराले हार्वी वाइन्स्टिनले आफूमाथि निर्दयी तवरले बलात्कार गरेको बताएकी छन्।

वाइन्स्टिनमाथि लागेको बलात्कार तथा यौनदूराचारको मुद्दा सुनुवाईको क्रममा अदालतमा उपस्थित भएर अभिनेत्री एनाबेलाले आफ्नो बयान दिएकी हुन् ।

अदालतमा दिएको बयानको क्रममा एनाबेलाले वाइन्स्टिनले आफूलाई अति गम्भीर रुपमा बलात्कार गरेको बताएकी हुन् । हलिउड निर्माता वाइन्स्टिनले २५ वर्षअघि आफूलाई आफ्नै घरमा बलात्कार गरेको एनाबेलाले बताएकी छन् ।

वाइन्स्टिनले आफूलाई बाँधेर बलात्कार गरेको एनाबेलाले अदालत सामु भनेकी हुन् । वाइन्स्टिन जबरजस्ती आफ्नो अपार्टमेन्टमा पसेर आक्रमण गरी बलात्कार गरेको अभियोग एनाबेलाले लगाएकी छन् ।

न्यूयोर्क अदालतका जुरी समक्ष आफ्नो बयानका क्रममा एनाबेलाले भनेकी छन्, ‘म उबाट फुत्किनका लागि प्रयास गरिरहेँ । उसलाई मुक्का प्रहार गरेँ, किक हानेँ ।’ एनाबेला द सोप्रानोस चलचित्रमा निर्वाह गरेको भूमिकाका लागि चिनिन्छिन् ।

६७ वर्षका वाइन्स्टिनले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले कायम भएका सबै यौनसम्बन्ध सहमतिका रहेको बताएका छन् । तर वाइन्स्टिन दोषी ठहर भएमा जन्मकैद हुनेछ ।

एनाबेलाले आरोप लगाएको घटनाको कानूनी उपचार खोज्नका लागि न्यूयोर्कमा प्रचलित कानून पर्याप्त भने छैन । तर वाइस्न्टिको विपक्षमा रहेका वकिलहरुले ऐनाबेलाको बयानमार्फत वाइन्स्टिन यौन अपराधि रहेको पुष्टि गर्ने पक्षमा छन् । त्यसका लागि कम्तिमा दुईजनाले वाइन्स्टिनमाथि गम्भीर यौन अपराधको अभियोग लगाउनु पर्छ ।

वाइन्स्टिनमाथि जेसिका मान नाम गरेकी महिलाले बलात्कारको अभियोग लगाएकी छन् । सन् २०१३ मा वाइन्स्टिनले आफूलाई बलात्कार गरेको उनको भनाई छ । यस्तै मिमी हेलिआईले वाइन्स्टिमाथि दबाबमा यौन सम्बन्ध कायम गर्न बाध्य पारेको अभियोग लगाएकी छन् । यो घटना सन् २००६ को रहेको मिमीको भनाई छ ।

वाइन्स्टिन पक्षले भने सबै सम्बन्ध सहमतिका रहेको बताउँदै आएका छन् । अहिले आरोप लगाउने महिलाहरुले वाइन्स्टिनलाई आफ्नो कामका लागि प्रयोग गरेको आरोप पक्षका वकिलको छ ।

प्रतिक्रिया दिनुहोस्