एपीएफलाई पराजित गर्दै हेल्प नेपालले जित्यो उपाधि



काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो।

हेल्प नेपालले एपीएफलाई २५–१७,२५–१४ र २५–२१ को सेटमा हरायो। उपाधिसँगै हेल्प नेपालले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले १ लाख प्राप्त गर्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्