रोकिएनन् दिनेश, पार्करमा बनाए चौथो विश्व कीर्तिमान



काठमाडौं : नेपालका पार्कर खेलाडी दिनेश सुनारले चौथोपटक विश्व कीर्तिमान राखेका छन्।

ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा।लि। को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका हुन्।

अमेरिकामा आयोजना भएको ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर पार्कर खेलमा चौथो पटक विश्व कीर्तिमान बनाएका हुन्।

Image result for दिनेश सुनार बनाए चौथो विश्व कीर्तिमान

अमेरिकामा रेकर्ड पूरा गरेको एक हप्तापछि उनले प्रमाणपत्र पाएका छन्।

सन् २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेशले यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्विस्टिङ ब्याकफिल्पसमा एक मिनेटमा १८ पटक ट्विस्ट गर्दै पहिलो कीर्तिमान कायम गरेका थिए। यस्तै, उनले २०१८ मा ब्याकवार्ड समर्सल्टमा र २०१९ मा ट्विस्टिङ ब्याकफिल्पमा कीर्तिमान बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्