जुका पर्नबाट यसरी बचौं



-फोहोर तथा दूषित माटोमा खेल्दा बालबालिकाको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औँला राख्दा भित्र जान्छ । त्यसैले घरमा बालबालिकालाई सफासुग्घर राख्ने गर्नुपर्छ । 

-खाना खानुअघि साबुनपानीले हात राम्रोसँग धुने गरौँ । 

-सकेसम्म भुइँमा झरेको खाना नखाने । खाइहाले पनि राम्रोसँग सफा गर्ने ।

-नियमित रूपमा हातको नङ काट्ने गर्नुपर्छ । ताकि, नङमा फोहोर जम्मा हुन नपाओस् ।

-जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्नुहुँदैन । 

-जहिले पनि पानी उमालेर र फिल्टर गरेर मात्र प्रयोग गर्नुपर्छ । 

-भान्साकोठाको सफाइमा विशेष ध्यान पु-याउनुपर्छ । 

-खाद्य तथा पेयपदार्थलाई झिँगाबाट बचाउनुपर्छ । 

-परिवारमा कसैलाई जुका परेमा सबैको उपचार गर्नुपर्छ । 

-पेट सफा राख्नुका साथै कब्जियत हुन दिनुहुँदैन । 

प्रतिक्रिया दिनुहोस्