कांग्रेस महासमिति बैठकमा एक करोड २० लाख खर्च



काठमाडौं : नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले सदस्यहरुलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । 

पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । सात शीर्ष नेताहरुले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए । 

कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरुलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो । बेलुकाको खानाको व्यवस्था आफैं गर्नुपर्ने भनिएको थियो । तर, नेताहरुले व्यवस्था गरेपछि सदस्यहरुलाई सजिलो भएको हो । 

केही नेताहरुले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिष्कार समेत गरे । झन्डै एक हजार ६०० सहभागी बैठक मंसिर २८मा सुरु भई पुस ६ मा सकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्