आजको राशिफल : माघ १५ गते, बुधबार



आज – १५ माघ २०७६ बुधवार को राशिफल, काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५४ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्रपनि कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्