जब रिसाएका सलमानले प्रशंसकको हातबाट मोबाइल खोसे.. (भिडियो)



एजेन्सी : मंगलबार फिल्म ‘राधे’ को सुटिङका लागि गोवा पुगेका बलिउड नायक सलमान खान आफ्ना प्रशंसकसँग रिसाएका छन् । उनी आउने थाहा पाएपछि उनलाई हेर्न भनेर सयौं प्रशसंकहरु एयरपोर्टमा उभिएका थिए । जब उनी पुगे उनका एक प्रशंसकले मोबाइलबाट सेल्फी लिने कोसिस गर्दा सलमानले रिसाएर उनको हातबाट मोबाइल खोसे र एयरपोर्टबाट बाहिरिए ।

सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

सलमानले प्रशंसकको फोन खोसेको यो पहिलो घटना भने होइन । यसअघि पनि उनले थुप्रै पटक प्रशंसकमाथि रिस पोख्दै कतिको फोन खोसेका छन् भने कतिको फोन फालिदिएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्