एमसीसीले तताएको राष्ट्रिय सभागृह



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), लिम्पियाधुरा र यति प्रकरणका विषयमा कानेखुसी गर्दै यी विषयमा जोडदार ढंगले उठाउने तयारी गरिरहँदा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा भ्रम नपाल्न आग्रह गरेका छन् ।

बैठकस्थलमा सबै केन्द्रीय सदस्यहरुको मुखमुखमा एमसीसी झुण्डिरहेको थियो । सबैले हासो ठट्टामा समेत एमसीसीकै विषय उठाएको देखिन्थ्यो । यो दृश्यले एमसीसीले केन्द्रीय समितिमा प्रवेश मात्र पाएको छैन , राष्ट्रियसभागृह नै तताएको देखिन्थ्यो । यद्यपी यो विषयलाई गत पुस २९ गते बसेको स्थायी समितिको बैठकले निणएय गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।

बैठकमा उपस्थित केन्द्रीय नेताहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ । र, त्यसलाई सच्याउन सकिन्छ ।, यो अस्तिनै पास भइसक्नु पर्ने थियो, विवाद पनि भएको छ र खर्च पनि हामीले व्यहोर्न पर्ने भएको छ ।’

यस्तै आज बुधबारदेखि राष्ट्रिय सभागृहमा बसेको नेकपाको दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले अमेरीकासँग भएको एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइएको बताएका छन् । प्रधानमन्त्री ओलीले विभिन्न प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरेकाले एमसीसी राष्ट्रको हित विपरित नभएको बताए ।

प्रधानमन्त्री ओलीले एमसीसी धेरै विवाद गर्नुपर्ने विषय नभएका बताएका हुन । उनले भने– यो सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन । यस्तै जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ । त्यसैले आत्तिनुपर्दैन ।

उनले एमसीसीमार्फत हुने सम्झौता अनुसार प्राप्त रकम विकासमा मात्र खर्च गर्न पाइने सर्त र सैन्य क्षेत्रमा खर्च गर्न नपाइने सम्झौता भएको उनको दावी थियो।

यस्तै अध्यक्ष्ष् ओलीले एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु पर्ने आवश्यकता नभएको बताउँदै एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु बेकार हो । कुन देशको के इन्ट्रेस्ट छ भन्ने तरि जाने होइन । हाम्रो प्राथमिकतामा ग्रहण गर्ने हो । अरुका निमित्त गर्ने होइन । हाम्रा लाभका लागि गर्ने हो । अरुका के इन्ट्रेष्ट होला भनेर त्यसको पछाडि जाने कुरा उपयुक्त होइन भने ।

ओलीले भने– ‘यसमा कुनै अनुचित कुरा छैन । हाम्रो स्वाधिनता, विकास प्रयास, अन्तर्राष्ट्रिय सम्बन्धमा कतै जोडिएर प्रतिकुल अवस्था पर्ने कुरा छैन । यो वास्तवमा केही अफ्ट्यारो छैन । अमेरिकीहरुले पनि थप स्पष्ट पारेका छन् ।’

प्रतिक्रिया दिनुहोस्