चिया पिउने बानी छ ? होसियार ! क्यान्सर हुनसक्छ



एजेन्सी : नेपाली समाजमा चिया पिउनु लाइफ स्टाइल हो । चियाबाट अधिकांश नेपालीको दैनिकी सुरु हुन्छ । तर, एउटा अनुसन्धानले चियाबारे सनसनीपूर्ण निष्कर्ष निकालेको छ ।

ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने बताएको छ ।

अपोलो बिएसआर हस्पिटलकी चिफ डाइटिसियन स्विटी यादव दिनमा तीनपटकभन्दा बढी चिया नपिउन सुझाब दिन्छिन् । यस्ता छन्, चिया पिउँदा हुने बेफाइदाः

चियाले पार्ने डरलाग्दो असर
-चिया धेरै पिउने मान्छेलाई यो समाचारले दुखित बनाउन सक्छ । त्यो किनभने चियाले ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजान्छ ।

-बढी तातो चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तातो चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ ।

-चियामा हुने अर्को हानिकारक तत्व भनेको ‘फ्लोराइड’ पनि हो । त्यसैले बढी चिया पियो भने हड्डी कमजोर बनाउँछ ।

-चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजान्छ । जसको कारण सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।

-चियामा ‘टैनिक’ र टायलिन भन्ने तत्व हुन्छ । यस्तो तत्वले शरीरमा ‘इनडाइजेसन’ बनाउन सक्छ र पेटको समस्या अझ बढ्दै जान्छ ।

-चियामा भएको कफिनले मानिसमा थकान उत्पन्न गर्छ । थकित शरीरले मानिसलाई जाँगरसँग काम गर्नका लागि बाधा उत्पन्न गर्छ ।

चियाले बच्चामा यस्तो असर
-चियामा भएको कफिनले मस्तिष्कको क्षमतामा ह्रास ल्याउने काम गर्दछ ।

-चियाका लागि चिनी अत्यावश्यक मानिन्छ । बढी चिनीले बच्चाको दाँतमा असर पर्ने गर्छ ।

-चियाको अत्यधिक प्रयोगले शरीरमा क्याल्सियम मात्र घटाउँदै लैजान्छ । जसले हड्डीलाई कमजोर बनाउने काम गर्दछ ।

-चियाले बच्चाको शरीरमा ‘अनडाइजेसन’ गराउने भएकाले पेटमा समेत समस्या देखिन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्