किन आतुर छन् बिहे गर्न यी अभिनेत्री ?



एजेन्सी : बलिउड अभिनेत्री ऋचा चढ्डा चाँडै नै नयाँ फिल्ममा देखिने भएकी छिन् । उनी फिल्म ‘अश्विनी ऐयर्स पंगा’मा देखिने भएकी हुन् । फिल्ममा उनी मेन्टरको भूमिकामा देखिँदै छिन् ।

यसको काम हुँदै गर्दा कसैले उनलाई सोधेको थियो, ‘बिहे कैले गर्ने ?’ अहिले आफू डिजिटल सोहरुमा व्यस्त रहेको र त्यसले बिहेको मौसममा पनि बिहे नजुरेको प्रतिक्रिया दिइन्।

बलिउडमा उनको ब्वाइफ्रेन्डका रुपमा अलि फैजलको नाम लिने गरिन्छ। ‘फुक्रे’ फिल्मको सेटमा यी दुईबीच भेट भएपछि प्रेममा परेको बताइन्छ। उनले व्यस्तता कम हुनेबित्तिकै एउटा सफल वैवाहिक जीवन बिताउन चाहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्