फ्यानहरुलाई सलमानले दिँदैछन् यस्तो खुसी



एजेन्सी : बलिउडका चर्चित अभिनेता सलमान खानको फिल्म रिलिज हुनु पूर्व नै निकै चर्चा हुने गर्छ । उनको फिल्म कुरेर बस्ने थुप्रै फ्यानहरु छन् । ती फ्यानहरुको लागि यो वर्ष सलमानको दुई फिल्म आउने भएको छ ।

उनका चलचित्र ‘राधे’ र ‘किक-२’ यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छन् । उनका चलचित्र ‘राधे’ र ‘किक’ ले राम्रो कमाई गर्ने अपेक्षा निर्माण पक्षले लिएको जनाएको छ । यसबीच ‘राधे’ को क्लाइमेक्स दृश्यका लागि मात्रै १२ करोड रुपैयाँ खर्च गरिएको मिडडेमा खबर छापिएको छ । २० मिनेट लामो उक्त दृश्य सलमानका साथै रनदीप हुडा हुने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ‘राधे’ को फाइनल दृश्य दुबईमा सुटिङ गरिएको छ । चलचित्रमा अभिनेत्री दिशा पटानी, ज्याकी श्रफ र तामिल अभिनेता भरतको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्