परिवार भित्रको राजनीतिमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’(भिडियो)



काठमाडौं : हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

ट्रेलर हेर्दा फिल्ममा परिवार भित्रको राजनीति अर्थात राजनीतिले लोग्ने स्वानीको जीन्दगीमा आएको उतारचढावको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ । धुर्मुस-सुन्तलीको अलवा फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्ममा डिन्डु लामा ह्योल्मोको पनि लगानी रहेको छ । फिल्ममा शैलेन्द्र डि।कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्