चिफ साप बिदामा बस्दा जर्नेलहरु तनावमा



काठमाडौं : नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा यतिखेर छोरा रौनक थापाको बिहेका लागि भन्दै दुईसाता लामो बिदामा बसेका छन् । उनले छोराको बिहेको लागि बिदा बस्दा जर्नेलहरु चाही तनावमा परेका छन् ।

नेपाली सेनामा अहिले तीन रथी पद रिक्त रहेको छ । त्यसमा बढुवा हुन लागेका सेनाका अधिकारीहरु सेनापतिले बिदा नै लिएर बसी कुनै निर्णय नगरेका कारण तनावमा परेका छन् । नेपाली सेनाको नियमावलीमा कुनै पद रिक्त भए १५ दिनभित्र पदस्थापनको सूचना जारी गर्नुपर्ने हुन्छ । तर, सेनापति थापाले त्यस्तो गरेका छैनन् ।

सैनिक नियमावलीको दफा ६ मा कुनै पदमा पदपूर्ति गर्नुपर्ने भए सूचना आएको १५ दिनभित्र बढुवा समितिको बैठक बसेर निर्णय गर्नुपर्ने प्रावधान छ । त्यो नियमलाई सेनापति थापाले लत्याएका छन् । एक महिना बित्दा पनि कुनै कामकारबाही भएको छैन । यसले पनि सेनापति थापाको नियतमाथि शंका उत्पन्न गराएको छ । प्रधानसेनापति थापाले आफ्नै साँढुभाईलाई रथी बनाउनकै लागि यस्तो प्रपञ्च रचेको कुराले मुख्यालयलाई अहिले झन तताएको छ । आर्थिक अनियमितताको बात् लागेपछि गत कात्तिक महिनामै दुई जना सेनाका अधिकृतले राजीनामा दिएका थिए । त्यसपछि उक्त पदमा कसैलाई बढुवा गरिएको छैन । बढुवा रोक्नुको मुख्य कारण प्रधानसेनापति थापाले आफ्नै साँढुभाई शरद गिरीलाई रथी बनाउन चाहेका कारण रोकिएको बताइन्छ ।

रोलक्रम अनुसार थापापछि रथीमा अजुज बस्न्यात, शेरखरसिंह बस्नेत र देवी सुवेदी रहेका थिए । तर बस्न्यातहरु उमेरहदका काराण अवकाश पाउँदैछन् भने सुवेदी नक्कली शैक्षिक प्रमाणपत्र काण्ड लागेपछि जागिर गएको छ । नेपाली सेनाभित्र यस्तो हुनुमा प्रधानसेनापति थापाकै डीजाईन भएको पनि सैनिक मुख्यालयमा चर्चा हुने गरेको छ ।

उता विभिन्न काण्डका कारण चर्चामा आइरहने नेपाली सेनाभित्र अहिले ‘कान्छी’ बुढी काण्डले फेरी चर्चामा ल्याइदिएको छ । हुन त नेपाली सेनाभित्र जहाँ गयो त्यही नयाँ बुढी च्याप्ने गरेको खबर बेलाबेलामा सार्वजनिक भइरहने विषय हो । तर, अहिले कान्छी बिहे गरेर बेपत्ता भएका एक जर्नेलको चर्चा चल्ने गरेको छ । उनी हुन्–हेम खत्री ।

गौरब शम्शेर राणा प्रधानसेनापति हुँदा एनडिसी तालिममा जाँदा उमेट ढाटेका कारण बर्खास्तमा परेका जर्नेल हुन् उनी । २०६० सालमा माओवादी द्वन्द्वको उत्कर्षका बेला बारा जिल्ला निजगढकी सम्पन्न सोझा र जमिन्दार बाबुकी विवाहित एक महिलाललाई उनले फसाएको र अहिले ती महिलाले सामाजिक सञ्जाल युट्युवमा भाईरल भएपछि यो काण्ड बाहिर आएको हो ।

घटनाअनुसार ती जमिन्दारका छोरी माला साह (मधेशी साह, ५ वर्ष र २ वर्षका २ छोराकी आमा) लाई घरमा आफ्नो श्रीमती, छोराछोरी हुँदाहुँदै अविवाहित हुँ भन्दै झुक्याएर बिहे गरेका थिए । उनले ती महिलालाई तिमीलाई विवाह गर्छु भनी पसलमा दिनदिनै गएर दवाव दिन थालेपछि ती महिलाले उक्त कुरा बाबुलाई बताइन् । तर बुबाले हुन्न भनेर ठाडै अस्वीकार गरे र त्यसको १ साताभित्र बुबाको बीभत्स हत्या भयो । बाबु मारिएपछि साहको डरले खत्रीसँग विवाह गर्न मानिन् र श्रीमानलाई छोडेर काठमाडौं मैतीदेवीमा २ छोरासहित बस्न थालिन् । उनले बिहे गरेपछि खत्रीले पनि राम्रै गरेको थियो । खत्रीले राम्रैसँँग फ्ल्याटमा राखे, पसल किनिदिए, छोराहरूलाई पढाए अनि अहिले मलेसिया पठाएका छन् ।

त्योबीचमा उनीहरुको राम्रै थियो गएको असोज १५ गते खत्री उपचारका लागि भन्दै भारत गएर उतै बेपत्ता भएका छन् । उनले भिडियोमा घरभाडा तिर्न र हातमुख जोड्न नसकेको भन्दै आएपछि यो घटना बाहिर आएको थियो ।

भिडियोमा साहले खत्रीकी जेठी श्रीमतीका छोरीको २ वर्षअगाडि विवाह हुँदा गहना बेचेर ८ लाख नगद सहयोग गरेकी र श्रीमान उपचारका लागि भारत गएका बेला गहना बेची १ लाख २० हजार नगद दिएर पठाएको बताएकी छन । तर, खत्री गएको ५ महिनासम्म न फोन न कुनै खबर । उनी घर न घाटकी भएकी छन् । सेनाभित्र रहेको कान्छी श्रीमती काण्डको यो प्रतिनिधि घटना मात्र हो । यस्ता थुप्रै घटनाहरु छन्– जुन बाहिर नल्याएर लुकाइएका छन् भने केही बाहिर आए पनि सामसुम पारिएको छ । यस्तै कुनै सेनाका हामिले आफ्नै सहकर्मीमाथि बढुवा र शान्तिसेनामा पठाइदिन्छु भन्दै अनैतिक क्रियाकलाप गरेको घटना पनि छ ।

प्रतिक्रिया दिनुहोस्